काठमाडौं । नेप्से परिसुचक एवं कारोबार रकम दुबै बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ६२ दशमलव ५४ अंकले बढेर २७ सय ३८ दशमलव शुन्य छ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ९१ अंकले उकालो लागेर चार सय ८७ दशमलव १० बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २५ वटा कम्पनीहरुको एक लाख छ सय ५१ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड २४ लाख ७४ हजार दुई सय ८१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौं अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा लघुवित्त सहितका सबै उपसमुहहरुको सुचक उकालो लाग्दा शेयर बजार पुरै हरियो देखिएको छ ।