काठमाडौं, असार २४
नेपाल एसबीआई बैंकले २७औं वार्षिकोत्सव सम्पन्न गरेको छ । सो अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निर्माण गरेको पशुपतिनाथ कलात्मक दक्षिण द्वार पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । नेपाल एसबीआई बैंकले आयोजना गरेको समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईद्वारा पशुपतिनाथ कलात्मक दक्षिण द्वारको समुद्घाटन भएको हो ।
उक्त समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल, पशुपति क्षेत्र विकास कोषका कोषध्यक्ष डा. मिलनकुमर थापा, नेपाल एसबीआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर, पशुपति क्षेत्र विकास कोष तथा बैंकका सञ्चालक समितिका सदस्यहरूलगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो । सोही अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले पशुपति क्षेत्रमा रहेको नेपाल एसबीआई बैंकको एटीएमको पनि उद्घाटन गरेका थिए ।