काठमाडौं । अटोमोबाइल ब्रान्ड एक्सपेङ्गको आधिकारिक विक्रेता सीजी मोटर्सले काठमाडौंको थापाथलीमा आफ्नो फ्ल्यागसिप सोरूमको औपचारिकरूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले एक कार्यक्रमका बीच सो सोरुमको शुभारम्भ गरेको हो ।
कार्यक्रममा चिनियाँ दूतावासका प्रतिनिधिहरू तथा एक्सपेङ्गका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । एक्सपेङ्ग मोटर्सका उपाध्यक्ष डा ब्रायन गूले सोरुम उद्घाटन कार्यक्रममा एक्सपेङ्ग ब्रान्डको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी मोटर्सका उपलब्धिहरू र आगामी योजनाबारे चर्चा पनि गरे । सोरूमको उधाटनसँगै कम्पनीले जी६ (अल्ट्रा स्मार्ट कुप एसयूभी) मोडलको लञ्च गरेको छ । एक्सपेङ्गले ‘लिडिङ द फ्युचर अफ एआई मोविलिटी’ ब्रान्ड भिजन राखेको छ । एक्सपेङ्गले अत्याधुनिक एआई–संयुक्त गाडीहरू विश्वभरि ल्याइसकेको छ ।
यो अब ३० भन्दा बढी देशहरूमा उपस्थित भइसकेको कम्पनीले जनाएको छ । यसका साथै विश्व अटोमोटिभ क्षेत्रमा अग्रणी ‘फोल्क्सवागन ग्रुप’ले एक्सपेङ्गको ईभी प्रविधि र एआई प्लेटफर्मको पहुँच पाउन ठूलो हिस्सामा लगानी गरेको छ ।