भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रबी लामिछानेलाई प्रहरीले पोखराबाट भैरहवा लिएको छ । सहकारीको रकम अपचलन प्रकरण जोडीएका लामिछानेलाई बयानको लागी भैरहवा ल्याइएको हो ।
पोखराको सुर्यदर्शन सहकारीको वचत अपचलन आरोपमा कात्र्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेको लामिछाने बुटवलको सुप्रिम सहकारीको वचत अपचलन आरोपमा पनि जोडीको हुनाले उनलाई अनुसन्धानका लागि भैरहवा ल्याईएको हो ।
बिहान पौने ८ बजे फ्लाइटमा पोखराबाट भैरहवा ल्याउने तयारीस्वरुप रविलाई बिहान ५ बजे नै पोखरा एयरपोर्ट लगिएको थियो । तर मौसम खराबीका कारण पोखराबाट जहाल उड्न नसक्दा लामिछानेलाई केही घण्टा ढिलो भैरहवा ल्याइएको हो ।