काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा खुद नोक्सानी व्यहोरेको छ । संस्थाले यस अवधिमा चार करोड ९७ लाख २४ हजार नौ सय ७५ रूपैयाँ खुद नोक्सानी व्यहोरेको हो । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा पाँच लाख १० हजार एक सय ८३ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रूपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा दुई अर्ब १३ करोड ३१ लाख ११ हजार नौ रूपैयाँ निक्षेप संकलन गरी छ अर्ब दुई करोड ८२ लाख ६८ हजार तीन सय ३७ रूपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा पाँच करोड ८३ लाख ९४ हजार छ सय ५२ रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १० दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने एक करोड २७ लाख ४९ हजार नौ सय ९० रूपैयाँ रहेको संस्थाको स्प्रेड दर भने सात दशमलव शून्य दुई प्रतिशत रहेको छ ।