काठमाडौं, असार २४
एनएमबी बैंकले एनएमबी ग्रीन फिक्स्ड डिपोजिट सुरु गरेको छ । बैंकका अनुसार यो खातामा ग्राहकहरूले आफ्नो प्रत्येक नयाँ एनएमबी ग्रिन फिक्सड डिपोजिटसँगै आफ्नो नाममा बिरुवा रोपाउन पाउनेछन् । वातावरणीय संरक्षणलाई सघाउ पु-याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकको नयाँ फिक्स्ड डिपोजिट आकर्षक सुविधाहरूको साथ प्रस्तुत गरेको हो । यसमा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्स्ड डिपोजिट रकमको सत् प्रतिशतसम्म कर्जा प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
एनएमबी ग्रीन फिक्स्ड डिपोजिट व्यवसाय र हाम्रो वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने हाम्रो सचेत प्रयास हो । यस योजनाले हाम्रो मूल्यवान ग्राहकवर्गलाई उक्त प्रतिफल प्रदान गर्ने मात्र नभई मानवीय जिम्मेवारी पनि प्रदान गर्छ जुन हामी बस्ने वातावरणलाई सुरक्षित तुल्याउन सक्दछौं, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।