तनहुँ । शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका जुवाको खालबाट छ लाख ४३ हजार एक सय ९० सहित प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।

बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो । खालबाट १६ थान कौडा बरामद भएको छ । उनीहरुमाथि मुलुक अपराध संहिताअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।