वासिङ्टन । अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो पटक राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका छन् । उनले बुधबार राष्ट्रपति जो बाइडेनसँग भेट गर्नुअघि वासिङ्टन डिसीको एक होटलमा यस्तो बयान दिएका हुन् । उनको भनाइप्रति समर्थकहरुले खुसी व्यक्त गरेका छन् ।
ट्रम्पले अमेरिकी संसदको तल्लो सदनका सदस्यहरुलाई भने, ‘मलाई लाग्छ म फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने छैन । तर, यदि तपाईं चाहनुहुन्छ भने, म यो सोच्न सक्छु ।
अमेरिकामा दुई पटक राष्ट्रपति बन्ने प्रावधान छ । ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएका छन् । यसअघि उनी सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपति थिए । यदि ट्रम्पले तेस्रो पटक राष्ट्रपति बन्न खोजे भने उनले यसका लागि संविधान संशोधन गर्नुपर्नेछ । यसका लागि अमेरिकी संसद् र राज्यहरूको समर्थन आवश्यक हुनेछ । अमेरिकाको पहिलो राष्ट्रपति जर्ज जाशिंगटनले दुई कार्यकालपछि सेवानिवृत्ति लिएका थिए ।