काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ७१ लाख ५४ हजार आठ सय ४६ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा चार करोड ७३ लाख ४१ हजार तीन सय २० रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार एक सय ४९ रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब ३० करोड १२ लाख ६८ हजार सात सय ३८ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४९ करोड ८० लाख ६२ हजार तीन सय ५१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड आठ लाख ८६ हजार छ सय ८७ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा छ दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ४८ लाख चार हजार छ सय २९ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने चार दशमलव २६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ३३ करोड ३४ लाख ७६ हजार तीन सय २७ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३१ करोड ३७ लाख १७ हजार सात सय ८० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ७४ लाख २३ हजार सात सय १३ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा सात दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ७२ प्रतिशत रहेको थियो ।