काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड चार लाख ७७ हजार एक सय ८८ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले यस्तो नाफा तीन करोड ४० लाख सात हजार छ सय ५९ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६१ करोड ८९ लाख ४५ रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा तनि अर्ब १२ करोड ६४ लाख ५८ हजार छ सय ३५ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ८४ लाख ४८ हजार छ सय १४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड ७१ लाख ३५ हजार चार सय ५० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने २४ लाख ५२ हजार छ सय १९ रुपैयाँ रहेको संस्थामा चार दशमलव ४७ प्रतिशत स्प्रेडदर रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब सात करोड चार लाख ९० हजार आठ सय २५ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ५१ करोड १८ लाख २१ हजार पाँच सय ७३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड ५७ लाख ५८ हजार आठ सय नौ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर तीन दशमलव ९१ प्रतिशत रहेको थियो ।