काठमाडौं । प्राइम कमर्सियल बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही मंसिर १९ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा आफ्नो १७ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट पाँच प्रतिशतका दरले हुन आउने ९७ करोड एक लाख २८ हजार सात सय ६६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।