काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ३२ करोड १८ लाख १४ हजार पाँच सय एक रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ३० करोड १४ लाख आठ हजार एक सय ६१ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब ८० करोड ६३ लाख ७३ हजार सात सय ९८ रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा दुई अर्ब ६८ करोड २७ लाख १४ हजार तीन सय ४५ रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब ४१ करोड ५२ लाख २५ हजार सात सय आठ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४९ करोड २४ लाख ९४ हजार सात सय छ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ४६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ८९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ८३ करोड ८९ लाख २९ हजार तीन सय ९७ रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब १२ करोड ३१ लाख ८० हजार तीन सय ४४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५१ करोड ६५ लाख तीन हजार चार सय ९८ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव १४ प्रतिशत रहेको थियो ।