काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ९९ लाख ५८ हजार सात सय ३० रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ९४ लाख ५२ हजार चार सय ५० रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी १७ करोड आठ लाख पाँच हजार रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा ५९ करोड ८३ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७१ करोड ६७ लाख ४५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड ४१ लाख २२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड नौ लाख ११ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जा छ दशमलव ४१ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ५५ करोड १९ लाख २२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २५ करोड १३ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड सात लाख २८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ३१ लाख २१ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात ११ दशमलव ६१ प्रतिशत रहेको थियो ।