काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १० करोड ४७ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा पाँच करोड ५० लाख ५३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब १६ करोड ५५ लाख २२ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा पाँच अर्ब ६५ करोड ८८ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब २९ करोड ४७ लाख ४८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३० करोड ४४ लाख ९२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने ३३ करोड एक लाख ८४ हजार रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने चार दशमलव ८१ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले पाँच अर्ब २४ करोड ५१ लाख ३३ हजार रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ५३ करोड ९३ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।