काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमासमा ३६ लाख ५० हजार चार सय ४७ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा छ करोड २५ लाख ४७ हजार तीन सय आठ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ३२ करोड रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा तीन अर्ब ४३ करोड १३ लाख ३८ हजार आठ सय सात रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ८९ करोड ९२ लाख १४ हजार दुई सय ६७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २२ करोड १८ लाख ९७ हजार पाँच सय ४४ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ३९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।वितरणयोग्य नाफा १५ करोड १० लाख ८५ हजार सात सय ६७ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर पाँच दशमलव ७२ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब ४० करोड ७९ लाख ८४ हजार ७२ रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ८५ करोड एक लाख ६० हजार पाँच सय चार रुपैैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड ९३ लाख ११ हजार दुई सय ९९ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा ११ दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ४८ प्रतिशत रहेको थियो ।