काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै (रास्वपा)ले उक्त कुराको जानकारि गराएको थियो । सरकारले पार्टी सभापति रवि लामिछानेलाई प्रतिसोध साधेर हिरासतमा राखी अनुसन्धान गरेको भन्दै रास्वपाले बिरोध प्रदर्शन गरेको थियो । पार्टी सभापति लामिछानेले कानूनी प्रक्रियालाई सहयोग गर्ने अबस्था भएपनि प्रतिसोध साधेको रास्वपाले बताउदैँ आएको छ ।