काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड ६८ लाख ३० हजार दुई सय ७२ रुपैैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ९६ लाख १६ हजार आठ सय २५ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६७ करोड ११ लाख चार हजार नौ सय ९३ रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा तीन अर्ब ८५ करोड ७८ लाख ८९ हजार एक सय ४२ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ५६ करोड ५० लाख ७८ हजार सात सय ३० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड ७९ लाख ४० हजार नौ सय ९४ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ दशमलव २३ प्रतिशत रहेको छ ।