काठमाडौं । सिद्धार्थ बैंकको व्यवस्थित लगानी कोषको आकार एक अर्ब नाघेको छ । सिद्धार्थ बैंक लिमिटेड कोष प्रवर्द्धक रही सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फन्डअन्तर्गतको सो कोषको आकारबारे बैंकले विज्ञप्ति जारी गरी यो जानकारी दिएको हो ।
यस योजना २०७८ असार १६ मा २० करोडको आकारबाट सुरु भएको थियो । यस योजनाअन्तर्गतको व्यवस्थित लगानी योजनामा हाल करिब १९ हजार इकाईधनीहरू आबद्ध रहेको बैंकले जनाएको छ । २०८१ असोज मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति ११ रुपैयाँ ३० पैसा रहेको बताइएको छ । व्यवस्थित लगानी योजनामा लाभांश पुनःलगानी हुने, सजिलै खरिद बिक्री हुने, इकाईको खरिद तथा बिक्री खुद सम्पत्ति मूल्यमा हुनेजस्ता विशेषता रहेको बैंकले जनाएको छ ।
लगानीकर्ताहरूले यस योजनाको इकाई सिद्धार्थ क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेडको सम्पर्क कार्यालय (विराटनगर, वीरगञ्ज, भरतपुर, पोखरा र नेपालगञ्ज), सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयहरू तथा सिद्धार्थ क्यापिटल लिमिटेडको वेवसाइटबाट सम्पत्ति मूल्यमा खरिद/बिक्री गर्न सकिने बताइएको छ ।