काठमाडौं । नबिल बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकको यही मंसिर दुई गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २७ गते आफ्नो ४० औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट १० प्रतिशतका दरले हुन आउने दुई अर्ब ७० करोड ५६ लाख ९९ हजार छ सय ७२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त नगद लाभांश कर प्रयोजनका लागि समेत रहेको बैंकको भनाइ छ ।