काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोबाइल बंैकिङ सेवाको स्तरवृद्धि गरी थप सेवासहितको मुक्तिनाथ फाइदा एप (फाइनान्सियल एक्सिस इन डिजिटल एप्लिकेसन) चालनमा ल्याएको छ । मुक्तिनाथ फाइदा एप सञ्चालनपछि ग्राहकहरूले मोबाइल एक फाइदा अनेक लिन सक्ने व्यवस्था गरेको छ । यो एप डिजिटल बैंकिङको सर्वव्यापी दृष्टिकोणमा आधारित भएकाले सबै ग्राहकले सरल र सुरक्षित तरिकाले घरमा नै बसी बैंकिङ सेवा उपयोग गर्न सकिने भएको छ । ग्राहकले गर्ने सुरक्षित कारोबारको लागि सुरक्षा प्रश्नहरू राख्न सक्ने साथै ग्राहकले प्रयोग गर्ने डिभाइस ग्राहक स्वयंको हो होइन पहिचान गर्ने जसबाट अनधिकृत व्यक्तिको पहुँच नहुने भएको छ ।
बैंकका अनुसार ग्राहकहरूले मोबाइल फोन तथा वेबबाट एउटै पासवर्ड प्रयोग गरी आफ्नो खाताबाट सुरक्षित कारोबार गर्न सक्ने छन् । यसका साथै अन्य थप गरिएको सुविधाहरूमा विभिन्न बिल भुक्तानी, नगद जम्मा भौचर, एटीएम कार्ड नवीकरण, इ–कमर्स कार्ड सक्रिय, भाषा छनौट, विदेशी मुद्रा विनियमदर, व्याजदर, कारोबारको सीमाको जानकारी, बैंकले दिने वस्तु तथा सेवाहरूको जानकारी, भेटघाटको लागि अनुरोध, कारोबार सफल नभएमा कारोबारको दाबी गर्न, बैंकले दिने विभिन्न सूचनाहरूको जानकारी लिन, गुनासो तथा सुझाव दिन, चेक बुक अनुरोध गर्न, विभिन्न भुक्तानीको तालिका राख्न, आम्दानी तथा खर्चको ग्राफ साथै अन्य सुविधाहरू रहेको छ ।
साथै, बैंकले विकास बैंकले प्रवद्र्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फन्ड’ यही आउँदो मंसिर महिनाभित्र सार्वजनिक निष्काशनमार्फत् इकाईहरू बिक्रीमा ल्याउने भएको छ । यस कोषको प्रवर्द्धक मुक्तिनाथ विकास बैंक र भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ ।