सिन्धुली । बचतकर्ताकाले सहकारीमा जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपनि प्रहरीले गाउँपालिकाका उपाध्यक्षलाई पक्राउ गर्न सकेको छैन । सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल तीन वटा सहकारी ठगी प्रकरणमा मुछिएका थिए। उनीमाथि सुप्रिम, नाता र स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपनि उनी सार्वजनिक कार्यक्रममा सक्रिय रहेका छन् । उनीमाथि प्रहरीले कुनै पनि कारबाही अघि नबढाउनुले रहस्य सिर्जना गरेको छ ।
नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित बराल जोडिएको स्वर्णलक्ष्मी सहकारीले १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ । स्वर्णलक्ष्मी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । बराल सहकारीमा जीबी राईको साझेदार रहेको खुलेको छ ।