काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ । चितवनको साहारा सहकारी ठगीमा लामिछानेसहित १० जनाविरुद्ध जाहेरी परेको प्रहरी स्रोतले बताएको छ ।

सहकारी प्रकरणमा लामिछाने जोडिएपछि उनलाई काठमाडौंबाट पोखरा र पोखराबाट भैरहवा र भैरहवाट पुन पोखरामा लगेर प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको पक्राउलाई रास्वपाले राज्यले प्रतिसोध साधेको भन्दै सडक आन्दोलन गरिरहेको छ ।