काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौं जिल्ला कामनपा वडा नं ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन निर्माणका लागि भूमिपूजा कार्यक्रम सम्पन्न गरेको छ । सो भवन आगामी नौ महिनभित्र निर्माण सम्पन गर्ने लक्ष्य लिइएको छ ।
नेपाली बैंकिङ क्षेत्र डिजिटल युगतर्फ अग्रसर भइइरहेको सन्दर्भमा उक्त कार्यालय डिजिटल हबका रूपमा सञ्चालनमा ल्याइने छ । उक्त भवनमा अत्याधुनिक प्रविधिमैत्री शाखा रहने तथा साथै कार्यप्रवाहलाई डिजिटल प्रविधिको अधिकतम उपयोग गरी थप प्रभावकारी बनाई सेवाग्राहीलाई आधुनिक, सहज र सरल सेवा प्रदान गरिनेछ ।
उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायबाट भूमिपूजन कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतलगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरू र बैंक कर्मचारीहरूको उपस्थिति रहेको थियो ।