काठमाडौँ । प्रतिनिधिसभा सचिव सुरेश अधिकारीले भोली सोमबारबाट लागू हुने गरी राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका छन्। स्वास्थ्यमा समस्या आएपछि उनले राजीनामा बुझाएको बुझिएको छ । समाचार स्रोतका अनुसार राष्ट्रपति कार्यालयले उनको राजीनामा स्विकृत गरिसकेको बुझिएको छ ।