काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका ५ छकडोलमा भाइखु गुरुङले सार्वजनिक गोरेटो बाटो हडपेर बनाएको भौतिक संरचना भत्कने भएको छ । कित्ता नम्बर एक सय ८८ मा बनेको चार तले घरले सार्वजनिक गोरेटो बाटो हडपेको काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले फैसला गरिदिएको हो ।
सार्वजनिक बाटोमा बनेको घर पर्खाल भत्काई हटाई बाटो कायम गरिपाउँ भन्दै सरु रुम्बा लामाले दायर गरेको मुद्दा काठमाडौं जिल्ला अदालतमा २०८० सालको असार २७ गते दर्ता भएको थियो । सार्वजनिक गोरेटो बाटो हडपेर घरलगायत भौतिक संरचना निर्माण गरेको, त्यहाँका स्थानीयलाई हिँडडुल गर्न अप्ठ्यारो परेको, ढल तथा नालको व्यवस्थापनमा समेत समस्या भएको लामाले दाबी गरेका थिए । त्यही मुद्दामा काठमाडौंजिल्ला अदालतले दाबी पुग्ने फैसला गरेलगत्तै भाइखु गुरुङले अनधिकृतरूपमा बनाएको भौतिक संरचना भत्काउनुपर्ने फैसला भएको हो ।
योसँगै भाइखु गुरुङले पूर्व र दक्षिणतर्फ आफ्नो जग्गाको सिमाना छोडेर सार्वजनिक जग्गा पहिलेकै अवस्थामा छाडिदिनुपर्ने भएको छ । भाइखु गुरुङले उनका सदियार कित्ता नम्बर १५१ र १५२ को जग्गा समेत हडपेको मुद्दा दायरकर्ताको दाबी छ । अदालतले गरेको