काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन १३ दशमलव शुन्य तीन अंकले ओरालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने १५ दशमलव ८३ अंकले उकालो लागेर २६ सय ८३ दशमलव २४ बिन्दुमा उक्लिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८६ अंकले उकालो लागेर चार सय ७३ दशमलव शुन्य छ बिन्दुमा उक्लिएको छ ।
धितोपत्र बजारमा आज तीन सय नौं वटा कम्पनीहरुको ६५ हजार आठ सय २४ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड २२ लाख ६३ हजार सात सय ८० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ३४ करोड ५८ लाख नौं हजार पाँच सय ९७ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।