काठमाडौं, असार २६
सेयर बजार परिसूचक १३ सय ३१ दशमलव १० अंकमा पुुगेर रोकिएको छ । अघिल्ला दिनहरूमा उच्च अंकले उकालो लागेको बजार परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार भने चार दशमलव ५७ अंकले मात्र उकालो लागेपछि बजार परिसूचक उक्त बिन्दुुमा पुुगेको हो । ‘क’ वर्गका कम्पीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन शून्य दशमलव ४७ अंकले उकालो लागेर दुुई सय ८० दशमलव ४१ अंकमा पुुगेको छ ।
यसदिन एक सय ७८ कम्पनीहरूको १४ हजार छ सय ६३ वटा कारोबार भएका छन् । जसअनुुसार २२ लाख २६ हजार दुुई सय तीन कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ९० करोड ८० लाख ८६ हजार एक सय ९७ रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ३७ अंकले ओरालो लागेर ११ सय २४ दशमलव ४७ अंकमा झरेकोमा ट्रेडिङ समूहको सूचक १८ दशमलव ५४ अंकले ओरालो लागेर आठ सय ६० दशमलव २३ अंकमा झरेको छ भने बाँकी समूहको सूचक उकालो लागेका छन् ।
सो मध्ये पनि विकास बैंक समूहको सूचक पाँच दशमलव २४ अंकले उकालो लागेर १७ सय सात दशमलव १३ अंकमा चढेकोमा जलविद्युुत् समूहको सूचक पनि चार दशमलव ८२ अंकले उकालो लागेर नौ सय ५७ दशमलव छ अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ३९ दशमलव ५१ अंकले उकालो लागेर छ हजार एक सय ५७ दशमलव ५७ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ६८ दशमलव ३३ अंकले उकालो लागेर आठ हजार सात दशमलव ३७ अंकमा चढेको छ । यीबाहेक होटल, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः १२ दशमलव १८, चार दशमलव ८३, ३५ दशमलव तीन, छ दशमलव ८७ र शून्य दशमलव २८ अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सूर्योदय लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ९९ पैसाले बढेर आठ सय ८१ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनआईसी एसिया लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ९७ पैसाले बढेर तीन सय ६४ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक वोमी लघुुवित्त वित्तीय संस्था, गहेश्वरी मर्चेन्ट फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको ग्लोबल आईएमई समुन्नत योजना १ को प्रतियुनिट सेयर मूल्य तीन रुपैयाँ ८५ पैसाले घटेर आठ रुपैयाँ ५० पैसामा किनबेच भएको छ ।
दोस्रो स्थानमा परेको नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य तीन रुपैयाँ ७० पैसाले घटेर ५२ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् । यसदिन पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएका छन् । उक्त कम्पनीको प्रतिकित्ता पाँच सय चार रुपैयाँ अन्तिम मूल्यमा १५ करोड १८ लाख ४५ हजार आठ सय ३० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२ सय २८ रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ४८ लाख एक हजार दुुई सय ७३ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, एनएमबी बैंक आदिको पनि बढी परिमाणमा सेयर किनबेच भएका छन् ।