काठमाडौं । मुत्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापी एन्ड वेल्नेस छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई थप सेवा दिन काठमाडौं—३, लाजिम्पाटमा मुख्य कार्यालय रहेको जेनो फार्मेसी प्रालि र निरभाना फिजियोथेरापी एन्ड वेल्नेस सेन्टरसँग विभिन्न औषधिहरू र स्वास्थ्यसम्बन्धी सेवाहरू (फिजियोथेरापी, ओस्टियोपैथी, नेचुरोप्याथी, प्राकृतिक चिकित्सा, आयुर्वेदिक चिकित्सा, अन्य) खरिद र डेलिभरिमा छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको हो ।
बैंकका अनुसार व्यावसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारीहरू र ग्राहकहरूले काठमाडौं–३, लाजिम्मपाट र भक्तपुर शाखा कार्यालयबाट विभिन्न औषधिहरू र स्वास्थ्यसम्बन्धी प्रोडक्टहरू खरिदमा विशेष २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फन्ड यही आउँदो मंसिर महिनाभित्र सार्वजनिक निष्काशनमार्फत इकाईहरू बिक्रीमा ल्याउने भएको छ । यस कोषको प्रवद्र्धक मुक्तिनाथ विकास बैंक र भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ ।