काठमाडौं, असार २६
नबिल बैंक र हुुवावे टेक्नलोजीजबिच सम्झौता भएको छ । बैंकले एक कार्याक्रमकाबिच हुुवावेसँग रणनैतिक साझेदारीको समझदारीपत्रमा हस्ताक्षर गरेको हो । उक्त समझदारी पत्रमा नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा हुुवावै टेक्नलोजिज नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर गरेका छन् ।
सो अवसमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहल हुुवावेजस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग सहकार्य गर्न पाएकोमा उत्साह व्यक्त गर्दे रणनीतिक महत्वको यो सहकार्यले नबिल बैंकको ग्राहक केन्द्रित लिडिङ डिजिटल बैंक बन्ने अठोटलाई सशक्तरूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । हुुवावे टेक्नलोजिजले विश्वका सयौँ संस्थाहरूको प्रविधिमा आधारित व्यावसायिक रूपान्तरणको प्रक्रियामा डिजिटल ट्रान्सफरमेस सहभागी भइसकेकोले व्यावसायिक अनुभवबाट सिकेर आफ्नो रूपान्तरणको यात्रालाई गतिशील तथा सशक्त बनाउँदै नेपाली ग्राहकवर्गलाई अतुलनीय सेवा अनुभवहरू सिर्जना गर्दै जाने अठोट व्यक्त गरे ।
कार्यक्रममा हुुवावे टेक्नलोजिज नेपालका प्रतिनिधिले हुुवावेको क्लाउड प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स तथा मसिन लर्निङ प्रविधि, क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणालीलगायतका सूचना प्रविधिको उच्चतम प्रयोगबाट नबिल बैंकले आफ्नो प्रविधिमा आधारित परिवर्तनको प्रक्रियालाई आन्तरिक सञ्चालन दक्षता तथा ग्राहक सेवा प्रभावकारिता बढाउँदै अझ सशक्त तथा तीव्र बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । हुुवावे आफ्ना वित्तीय क्षेत्रलाई सेवा दिने टिम, क्लाउड सेवा दिने टीम तथा हुुवावे नेपालको टीमको संयुक्त प्रयासबाट प्रविधि साझेदारको भूमिकामाफर्त बैंकलाई आफ्ना ग्राहकवर्गलाई सजिलो, सुरक्षित, भरपर्दो तथा स्मार्ट सेवाहरू प्रदान गर्न सशक्त बनाई दुई कम्पनीबीचको सहकार्य र आपसी विश्वासको सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता व्यक्त गरे ।
सोही कार्यक्रममार्फत हुुवावे प्रतिनिधिले हुुवावै हाल विश्वका पाँच सय उत्कृष्ट कम्पनीहरूमध्ये दुुई सय २८ तथा उत्कृष्ट एक सयमध्ये ५८ कम्पनीहरूको प्रविधिमा आधारित परिवतर्नका प्रक्रियामा विश्वसनीय सहयात्रीको भूमिका निर्वाह गरिरहेका जानकारी दिएका छन् । साथै हुुवावे डेटामा आधरित सेवा, खुला बैंकिङ अवधारणा, एन्ड टु एन्ड डिजिटल कनेक्टिभिटीजस्ता उच्च प्राविधिक सेवाहरूमार्फत आफ्ना विश्वव्यापी ग्राहकहरूलाई सबलीकरण गरिरहेको जानकारी गराए । हाल विश्व भरी १६ सयभन्दा बढी वित्तीय संस्थाहरू हुुवावेका ग्राहक रहेका छन्, जसमध्ये उत्कृष्ट ४५ संस्थाहरू सर्वोत्कृष्ट एक सयमा पर्छन् ।
नबिल बैंकको प्रविधिमा आधारित रूपान्तरण यात्राको परिचय : नबिल बैंक, विसं २०४१ सालमा स्थापित नेपालको पहिलो ज्वाइन्ट भेञ्चर बैंक हो । विगत ३६ वर्षदेखि बैंकले नेपाली ग्राहकवर्गलाई अनव्रत बैंकिङ सेवा प्रदान गर्दै इन्टरनेट बैंकिङ सेवा, डेविट/क्रेडिट कार्ड र मर्चेन्ट सेवा, विद्युतीय भुक्तानी सेवाहरू, अटोमेटेड टेलर मसिन (एटीएम) चौबीसै घण्टा सञ्चालित ग्राहक सेवा केन्द्र, विद्युतीय विप्रेषणलगायतका आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
यही २०७७ आषाढ २८ गते, ३७औं वर्षमा प्रवेश गर्दै गर्दा नबिल बैंकले अत्याधुनिक सूचना प्रविधिको उपयोगबाट उत्कृष्ट ग्राहक सेवाका मानकहरू पुनः परिभाषित गर्दै नेपाली समाजलाई उच्चस्तरीय सेवा अनुभूति गराउने अठोट गरेको छ । बैंकले आफ्नो ग्राहक सेवा सञ्चालन प्रणाली तथा पद्धतिको सूक्ष्म अध्ययनपश्चात् विज्ञ समूहको सुझावका आधारमा सूचना प्रविधि आधारित व्यावसायिक रूपान्तरणको यात्रा सुरु गरेको छ ।