काठमाडौँ । नेकपा एमालेले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई पार्टीबाट निलम्बित गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलको मानहानी गरेको आरोपमा नेकपा (एमाले) बाँके जिल्ला कमिटीले उनलाई निलम्बन गरेका हो ।