काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंका समर्थकहरूले बुधवार प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन् । उनका समर्थकहरू प्रसाईंको बन्दी प्रत्यक्षीकरणका लागि पेसी चढेसँगै माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन् ।