काठमाडौं, असार २६
बिहीबारसम्म कोरोना भाइरसका कारण बिरामी भएका ७० लाख ७१ हजार ४ सय ६७ जना व्यक्ति निको भएर फर्केका छन्.। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५२ हजार १ सय ६४ पुगेका बताइएको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २१ लाख ७२ हजार १ सय ८१ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४५ लाख ४८ हजार ५ सय ५० व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार २ सय ८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३१ लाख ५८ हजार ९ सय ३२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३४ हजार ८ सय ६२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा २६ लाख ७२ हजार ४४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ९८ हजार ६ सय ११ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३७ लाख १ हजार १ सय ६५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८० हजार ४ सय ६३ जनाको मृत्यु भएको छ ।
युरोपमा २५ लाख १८ हजार ५ सय ७ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ५० को मृत्यु भएको छ । एसिया २७ लाख ४१ हजार ८ सय जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६५ हजार ५ सय ९२ जनाको मृत्यु भएको छ । अफ्रिकामा ५ लाख २५ हजार ८ सय ९४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२ हजार २ सय ७० जनाको मृत्यु भएको छ । ओसियानामा १० हजार ७ सय १४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय २८ जनाको मृत्यु भएको छ । (रासस/एएफपी)