काठमाडौं । सुन व्यवसायी संघ/महासंघकोे सिन्डिकेट रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । वाणिज्य बैंकहरूबाट आयात गरेर बिक्री गर्ने संघको सिन्डिकेट हटाउन न्यायाधीशद्वय डा. नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आदेश दिएको हो ।
सुन वितरणका नाममा सिन्डिकेट गरेको भन्दै सुनचाँदी व्यवसायीसँग सम्बद्ध संघ तथा महासंघले सर्वोच्च अदालतले ऋद्धिशिद्धि ज्वेलर्सका तर्फबाट दायर रिटमा व्यवसायीले संघ/महासंघमा आवद्ध नभए पनि वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्नेगरी आदेश दिएको छ ।
सर्वोच्चको अन्तरिम आदेशमा उल्लेख भए अनुसार, “यसमा, व्यवसायीहरूको संघ/संगठनमा आवद्ध सुनको कारोबार गर्ने अनुमति प्राप्त व्यवसायीहरूले मात्र सुन खरिद गर्न पाउने व्यवस्था गर्दा त्यस्तो संघ संगठनमा आवद्ध नभएका व्यवसायीले सुन खरिद गर्न नपाई पेसा व्यवसाय सञ्चालन गर्न पाउने संविधानप्रदत्त मौलिक हकमा आघात पुग्न जाने अवस्था देखिएको छ,” ।
२०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको अवस्थामा व्यवसायीहरूका संघ/संगठनमा आवद्ध नभएकै कारण सुन खरिद गर्न रोक्न नपाइने नेपाल राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री/वितरण सम्बन्धी कार्यविधिमा जनाइएको छ ।