काठमाडौं । मकवानपुरमा एक व्यक्तिले साबेल प्रहार गरी आफ्नै साथीको हत्या गरेका छन् । जितबहादुर मोक्तानलाई घरमा सुतिरहेका बेला अर्का साथी अम्मरबहादुर लोप्चनले हत्या गरेका हुन् ।

घाइते भएका मोक्तानको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो । भरतपुर अस्पताल चितवनमा मोक्तानको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले लोप्चनलाई सावेलसहित नियन्त्रणमा लिएको छ ।