काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने भएका छन् । उक्त भ्रमण टोलीमा ३९ जना सरकारी र ४८ नीजि क्षेत्रका व्याक्ति सहभागी हुने भएका छन् ।

प्रधानमन्त्रीको आवश्यक भ्रमणको तयारीको लागि परराष्ट्रमन्त्री आर्जु राणा चीन गएकी छिन्,भने उनी शनिबार नै नेपाल फर्केर पुन प्रधानमन्त्रीसँग चीन जाने कार्यतालिका रहेको बुझिएको छ ।