काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लागपछि कास्की हिरासतबाट काठमाडौं ल्याइएका रास्वपा सभापती रवी लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा राखिएको छ । रविलाई यसअगि मानव बेचबिखन तथा ओसारपसारको कसुरमा पक्राउ परेका एमाले नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी बसेकै हिरासतको भिआईपी कक्षमा राखिएको हो । बिहीबार साँझ पोखराबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं आएका रविलाई हिरासतमा राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ उत्रिएका रविलाई त्यहाँबाट प्रहरीले भ्यानमा हालेर परिसर पुर्‍याएको थियो ।