काठमाडौ । रियलमीले दाङको न्युरोडमा आफ्नो पाँचौँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यो रियलमीको लुम्बिनी प्रदेशमा खोलिएको पहिलो सर्भिस सेन्टर हो ।
काठमाडौं, पोखरा, इटहरी र धनगढीसँगै अब दाङ सर्भिस सेन्टरले नेपालको पश्चिमी क्षेत्रका ग्राहकहरूका लागि सहज सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । यस सर्भिस सेन्टरमा प्रयोगकर्ताहरूले मर्मत तथा मेन्टेनेन्स सेवा, डाइग्नोस्टिक्स र ट्रबल सुटिङ र वारेन्टी तथा सर्पोटजस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् । यो सर्भिस सेन्टरले रियलमीका स्मार्टफोनसम्बन्धी सबै समस्याहरूको दू्रत र प्रभावकारी समाधान गर्ने कम्पनीले बताएको छ । यस सर्भिस सेन्टरमा दक्ष एवम् प्रशिक्षित प्राविधिकहरूको टोलीले रियलमीको ग्लोबल स्ट्यान्डर्ड अनुरूपका उच्च–गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार दाङ सर्भिस सेन्टरको सुरुवातले प्रिमियम पोस्ट पर्चेज सेवा प्रदान गर्ने रियलमीको प्रतिबद्धतालाई झल्काएको छ । आगामी दिनमा देशभर नै आफ्ना सर्भिस सेन्टरहरू विस्तार गर्दै जाने कम्पनीले बताएको छ ।