काठमाडौं, असार २८
गणेशमान सिंह फाउण्डेसनले प्रजातन्त्र प्राप्तिका लागि जीवनभर समर्पित रहेका ११ जना प्रजातन्त्रका सेनानीहरुलाई कदरपत्र प्रदान गरेको छ । फाउन्डेसनले त्यसरी कदरपत्र प्रदान गरेका व्यक्तिहरुमा माथवरसिंह बस्नेत, शिवगोपाल रिजाल, रेवतीरमण सुवेदी, श्रीपतिदास जोशी, भरत उप्रेती, राजेन्द्र खरेल, गोपालदास बादे श्रेष्ठ, श्यामलाल श्रेष्ठ, अन्जुु बस्याल, प्रदिपमान श्रेष्ठ र सानुु मानन्धर रहेका छन् ।
उनीहरुलाई प्रदान गरिएको कदरपत्रमा भनिएको छ, ‘नेपालमा प्रजातन्त्र स्थापना एवं संवद्र्धनका निम्ति भएका क्रान्ति, संघर्ष, सत्याग्रह र जनआन्दोलनमा सक्रिय सहभागी भई सत्य, निष्ठा, त्याग र लोकहितका निम्ति जीवनभर समर्पित रही आदर्श स्थापित गर्नुुभएकाले गणेशमानसिंह फाउन्डेसन यहाँको उच्च मूल्यांकन गर्दै यो कदरपत्र प्रदान गर्दछ ।’
फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रकाशमान सिंह, महासचिव धनेन्द्र पुरुष ढकाल र कार्यक्रम संयोजक प्रकाशमान सिंहद्वारा हस्ताक्षरित कदरपत्रमा अगाडि भनिएको छ, ‘नेपालको नयाँ पुस्ताले अवश्यमेव प्रेरणा लिनेछन् ।’