काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा नौ करोड ९३ लाख ८५ हजार १९ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १२ करोड पाँच लाख १४ हजार नौ सय ५० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ३४ करोड ७५ लाख १८ हजार नौ सय रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा १० अर्ब ७३ करोड १९ लाख ४० हजार चार सय ७१ रुपैयाँ निक्षेप सङ्कलन गरी २५ अर्ब ४५ करोड १३ हजार सात सय २३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४४ करोड ३९ लाख ४६ हजार सात सय ४६ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले १० अर्ब ५३ करोड ३० लाख ४२ हजार पाँच सय १३ रुपैयाँ निक्षेप सङ्कलन गरी २५ अर्ब ८७ करोड ४५ लाख ६७ हजार नौ सय १३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३८ करोड ४० लाख १४ हजार नौ सय १४ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।