काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक शुक्रबार स्थगित भएको बुझिएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तय गर्न युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले शुक्रबार बोर्ड बैठक बोलाएका थिए ।

तर फोरम नपुगेर बोर्डको बैठक स्थगित गर्नुपरेको खुलासा भएको छ । योसँग कर्णाली प्रदेशमा मंसिरमा गर्ने भनिएको दशौं राष्ट्रिय खेलकुद हुने वा नहुनेमा अन्योल मात्र छाएको छैन । खेलकुदमा थप भद्रगोल समेत भएको छ ।