बेइजिङ । चीनको हुनान प्रान्तमा विश्वको सबैभन्दा ठूलो सुन भण्डार फेला परेको छ । चिनियाँ समाचार माध्यमहरुका अनुसार हुनानको पिङ्जियाङ काउन्टीमा एक हजार मेट्रिक टन उच्च गुणस्तरको सुन भण्डार फेला परेको छ । यसको मूल्य ८३ अर्ब डलर (सात लाख करोड रुपैयाँ) भन्दा बढी अनुमान गरिएको छ ।
सुनसम्बन्धी विज्ञ चेन रुलिनले ड्रिल गरिएको चट्टानको मुख्य भागमा सुन स्पष्ट रूपमा देखिएको बताएका छन् । १ मेट्रिक टन अयस्कमा एक सय ३८ ग्राम (लगभग छ औंस) सुन हुनसक्ने प्राप्त नमुनाहरुबाट फेला परेको छ । यसलाई विश्वमा अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो सुनको भण्डार मानिएको छ । यो दक्षिण अफ्रिकाको साउथ