काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से नौं दशमलव ९९ अंकले ओरालो लागेर २७ सय ३८ दशमलव शुन्य छ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २० अंकले ओरालो लागेर चार सय ७३ दशमलव ३० बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १४ वटा कम्पनीहरुको ८२ हजार छ सय दुई पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ६७ लाख ६७ हजार एक सय ६८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ८३ करोड २२ लाख २५ हजार आठ सय ९२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, होटल तथा पर्यटन र व्यापार उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।