काठमाडौं, असार २८
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना भाईरसका कारण विदेशबाट फर्किएका महिलाहरुको उचित व्यवस्थापनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन खालका रणनितिक कार्यक्रम ल्याउने तयारी भईरहेको बताएका छन् ।
गैरआवासीय नेपाली संघ, युकेद्धारा शनिबार आयोजित ‘कोभिड–१९ ले नेपाली महिलाहरुमा पारेको प्रभाव’ विषयक ‘भर्चुअल’ बैठकमा बोल्दै उनले नेपाली महिलाहरुले स्वदेश तथा विदेशमा भोग्नु परेका समस्या समाधानका लागि महिलाहरुलाई ‘उद्यमशीलता र उत्पादन’मा जोडने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरिएको पनि जानकारी दिए । साथै उनले कोरोना भाईरसका कारण स्वदेश फर्किएका महिलाहरुको पीडालाई सम्बोधन हुने गरी सहयोग गर्ने संघ, संस्थाहरुलाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने पनि बताए ।