काठमाडौं । गुह्येश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लिमिटेडले वित्तीय साक्षारता प्रदान गरेको छ । फाइनान्सले धनुषाको महेन्द्रनगर वडा नंं ७ मा अवस्थित गंगोत्तरी उच्च माध्यमिक इङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरूको वित्तीय जानकारी अभिवृद्धिका लागि डिजिटल बैंकिङ्ग, विप्रेषण सेवा, सेयर कारोबारसम्बन्धी जानकारी र सि–आस्वा, बैंकिङ्ग कर्जा, बैंक खाता, बीमालगायत सम्बन्धमा जानकारी दिने गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा गंगोत्तरी उच्च माध्यमिक इङलिस बोर्डिङ स्कुलका तर्फबाट प्रिन्सिपल श्री गणेश कुमार साह, यस संस्थाका शाखा कार्यालय महेन्द्रनगरको शाखा प्रबन्धक संजोग शर्मा तथा कर्मचारीहरूको समुपस्थिति रहेको थियो । संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत यस संस्थाले विगतदेखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्य गर्दै आइरहेकोे छ । आगामी दिनहरूमा पनि यसैगरी निरन्तरता दिने कुरामा यस संस्था प्रतिबद्व छ ।
फाइनान्सले मुलुकभर २३ वटा शाखा कार्यालयहरू, चार वटा विस्तारित काउन्टरहरूबाट सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी एटीएम सेवा, लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ्ग सेवाहरूजस्ता आधुनिक बैकिङ्ग सेवाहरू समेत प्रदान गर्दै आइरहेको छ ।