काठमाडौं । ज्योति विकास बैंकले नियो मनी ट्रान्सफर प्राईभेट लिमिटेड नेपाल राष्ट्र बैंकद्वारा इजाजतप्राप्त मनी ट्रान्सफर अपरेटरसँग नीतिगत साझेदारी गरेको छ । यो सहकार्यको लक्ष्य ग्राहकवर्गलाई सुगम र प्रभावकारी रेमिट्यान्स सेवाहरू प्रदान गर्ने हो ।
यस सम्झौताअन्तर्गत विदेशबाट नियो मनी ट्रान्सफरमार्फत पठाइएको रेमिट्यान्स रकम ग्राहकहरूले अब ज्योति विकास बैंकका नेपालभरकै विभिन्न शाखाहरूमार्फत सजिलै प्राप्त गर्न सक्नेछन् । यो सहकार्यले रेमिट्यान्समा निर्भर रहने व्यक्तिहरू र परिवारहरूलाई छिटो, सुरक्षित र सहज वित्तीय सेवाहरू सुनिश्चित गर्छ ।
नियो मनी ट्रान्सफरसँगको एकीकरणले बैंकको वित्तीय समावेशनलाई प्रवद्र्धन गर्न र वित्तीय समाधानका लागि विश्वसनीय साझेदारको रूपमा यसको स्थानलाई सुदृढ गर्न प्रतिबद्धता प्रदर्शन गर्छ । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूको सहजताको लागि विभिन्न सहकार्यहरू गर्दै विविध सुविधाहरू उपलब्ध गराउँदै आएको छ । साथै, डिजिटलाइजेसन सेवालाई सक्रियरूपमा प्रवर्द्धन गर्दै, बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्नका लागि डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित र उन्नत बनाउँदै आएको छ ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोटप्रति प्रतिबद्ध रहेको छ । आफ्नो खुद नाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवनरक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले प्रदान गरेका ५१ वटा बेबीवार्मर उपकरणहरूमार्फत हरेक वर्ष करिब १८८७ भन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवनरक्षा गर्न सफल भएको छ । यस्ता जीवनरक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ ।
बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल एक सय २१ वटा शाखा कार्यालय, तीन वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।