काठमाडौं । काठमाडौंको चाबहिलस्थित केएल टावरले दशैँतिहारको अवसरमा आयोजना गरेको ‘रमाइलो दशैँ–तिहार उपहार योजना’का विजेतालाई उपहार प्रदान गरेको छ । सो उपहार योजनाअन्तर्गतको बम्पर उपहार कुपन नम्बर ६९३९ का फुर्वा शेर्पाले जितेका छन् ।
शेर्पालाई सिजी मोटर्स प्रालि (हिरो) का सिनियर म्यानेजर प्रदीप पालले शनिबार आयोजित एक कार्यक्रममा जुम स्कुटरको चाबी हस्तान्तरण गरेका थिए । साथै, अन्य विजेताहरूलाई पनि विभिन्न उपहार प्रदान गरिएको थियो । गत असोज १३ गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालन गरिएको सो उपहार योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक योजनामा विभिन्न उपहार राखिएको थियो भने एकजना ग्राहकले बम्पर उपहारस्वरूप हिरो ब्रान्डको जुम स्कुटर जित्ने मौका दिइएको थियो ।
दैनिक तथा साप्ताहिक योजनामा सहभागी भई गोलाप्रथामार्फत् विजेता बनेका ४० जनालाई टेक्नो स्मार्टफोन, अल्टिमा लाइफस्टाइलका घडी तथा एयर बड्स, बाल्ट्राका घरायसी उपकरण, सफारी ब्रान्डका लगेज तथा ब्याग, एभरेस्ट ब्रान्डका साइकल वितरण गरिएको छ । केएल टावरका प्रमुख कार्यकारी अधिकृत रमेश कक्षपतिले विजेतालाई उपहार हस्तान्तरण गरेका थिए । केएल टावरका सबै पसल तथा आउटलेटमा कम्तीमा एक हजार रुपैयाँ वा सोभन्दा बढीको सपिङ गर्नेहरूलाई उपहार योजनामा सहभागी गराइएको थियो । सपिङका क्रममा उपलब्ध गराइएका सबै भौचरमध्येबाट गोलाप्रथा गरी विजेता चयन गरिएको हो ।
सेलिब्रेसन अवधिमा केएल टावरमा करिब साढे दुई लाख उपभोक्ता पुगेकामा १७ हजारभन्दा बढीले एक हजार रुपैयाँभन्दा बढी मूल्यको सामान खरिद गरी सेलिब्रेसनमा सहभागिता जनाएका थिए । काठमाडौंको चाबहिलस्थित चुच्चेपाटीमा रहेको केएल टावरमा सिनेमा हल, बैंङ्क्वेट, रेस्टुरेन्ट, फुड कोर्ट, गेम जोन, १५ वटाभन्दा बढी मल्टिनेसनल ब्रान्ड, इलेक्ट्रोनिक्स तथा मोबाइल आउटलेट, कपडालगायतका ७० वटाभन्दा बढी पसल छन् ।