काठमाडौं । नेपालका लागि सीएफमोटो र जिहोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सरल र सहज फाइनान्स सुविधाको व्यवस्था गरेको छ । सीएफमोटोको पेट्रोल बाइक तथा जिहोका ईभी स्कुटर खरिद गर्ने ग्राहकहरूलाई लक्षित गरी ल्याइएको सो सुविधा हालै प्रारम्भ भएको हो ।
उक्त व्यवस्थाअन्तर्गत आफूलाई मनपर्ने सीएफमोटो तथा जिहोका बाइक तथा स्कुटर सरल र सहज किस्ताबन्दीमा विनाझन्झट खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो चाहना अनुरूप १२ महिने, १८ महिने र २४ महिने किस्ताबन्दी र न्यूनतम मूल्यमा आफूले रोजेको बाइक तथा स्कुटर खरिद गर्न सक्ने छन् । हालका लागि कम्पनीको नक्साल र झम्सिखेलस्थित सोरुमबाट मात्र सो सेवा उपलब्ध भएको र आगामी दिनमा अन्य सोरुमबाट समेत क्रमशः सेवा उपलब्ध गराइने कम्पनीको भनाइ छ । नेपाली बजारमा पछिल्लो समयमा भित्रिएका सीएफमोटोको ४५० र जिहो एई४ चर्चामा रहेका छन् । सो नयाँ मोटरसाइकलमा ४४९ दशमलव पाँच सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन जडान गरिएको छ, यसले ९५०० आरपीएममा ४४ एचपी पावर र ७६०० आरपीएममा ४४ एनएम टर्क जेनेरेट गर्छ ।