काठमाडौं । जस्मिन पेन्ट्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । स्वदेशी उत्पादनलाई सशक्त र बजारीकरण गर्नका लागि व्यापार प्रवर्द्धन महत्वपूर्ण रहेको अवस्थामा कम्पनीले आफ्नो उत्पादनलाई प्रवर्द्धन गर्न खड्कालाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।
कम्पनीले आफ्नो बजार प्रवर्द्धनका लागि यसअघि नेपालका चर्चित कलाकारलाई समेत ब्रान्ड एम्बेस्डरमा नियुक्ति गरिसकेको छ । पछिल्लो समय नेपाली खेल क्षेत्रको विकास र युवाहरूको चाहना र भावनालाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अवस्थामा खेल र खेलाडीलाई पनि थप प्रोत्साहन गर्ने उद्देश्यका खड्कासँग सहकार्य गरिएको कम्पनीले जनाएको छ ।
खड्कासँगको सहकार्यले नेपाली खेलकुदका साथै कम्पनीका उत्पादनहरुलाई प्रवर्द्धन गर्न र बजारीकरण विस्तारका निमित्त थप टेवा पुग्ने कम्पनीले अपेक्षा गरेको जनाइएको छ । कम्पनीले ‘नेपाली मनको नेपाली रङ्ग’ स्लोगन बोकेर विगत ३१ वर्षदेखि नेपाल रंगाउँदै आएको छ ।