काठमाडौं, असार २८
यस साता सेयर बजार परिसूचक १३ सय ३१ दशमलव १० अंकमा पुगेर रोकिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ८० दशमलव ४१ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ६० कम्पनीहरुको कारोबार भएका छन् । जसअनुसार ९० हजार दुई सय दुई वटा कारोबारमा एक करोड ३६ लाख २६ हजार दुई सय ५३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम पाँच अर्ब १६ करोड दुई लाख छ हजार ६६ रुपैयाँ पुगेको छ । कारोबार रकम गत साताको तुलनामा झण्डै चार अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा एक सय ५२ कम्पनीहरुको कारोबार भएका थिए । जसअनुसार २२ हजार ८७ वटा कारोबारमा ४० लाख ९६ हजार छ सय दुई कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम एक अर्ब ५९ करोड ६५ लाख ३५ हजार ३९ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो र पाँचौं दिन सेयर बजार परिसूचक उकालो लागेको थियो चौथो दिन ओरालो लागेको थियो ।
पहिलो दिन पनि बजार परिसूचक सात दशमलव ७७ अंकले बढेर १२ सय ६३ दशमलव ८८ बिन्दुमा चढेको थियो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३१ अंकले उकालो लागेर दुई सय ६९ दशमलव ३४ अंकमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसूचक ३३ दशमलव २७ अंकले बढेर १२ सय ९८ दशमलव ७३ बिन्दुमा चढेको थियो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव तीन बढेर दुई सय ७५ दशमलव ८८ अंकमा चढेको थियो । तेस्रो दिन पनि बजार परिसूचक उकालो लागेको थियो । उक्त दिन बजार परिसूचक ३७ दशमलव ९३ अंकले उकालो लागेर १३ सय ३६ दशमलव ६६ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ७१ अंकले उकालो लागेर दुई सय ८२ दशमलव ५९ अंकमा चढेको थियो ।
चौथो दिन भने बजार परिसूचक १० दशमलव १३ अंकले ओरालो लागेर १३ सय २६ दशमलव ५३ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६४ अंकले ओरालो लागेर दुई सय ७९ दशमलव ९५ अंकमा झरेको थियो । अन्तिम कारोबार दिन भने बजार परिसूचक चार दशमलव ५७ अंकले उकालो लागेर १३ सय ३१ दशमलव १० अंकमा चढेको थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ४७ अंकले उकालो लागेर दुई सय ८० दशमलव ४१ अंकमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने नेपाल पुनर्बीमाकम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनएमबी बैंक आदि परेका छन् । सेयर कारोबार भएको संख्याको आधारमा भने नेपाल पुनर्बीमाकम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनएमबी बैंक अगाडि देखिएका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् । नेप्सेका अनुसार एभरेष्ट बैंक, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था कृषि विकास बैंकसहितका सात वटा कम्पनीहरुको बोनस तथा ऋणपत्र सूचीकृत भएका छन् ।