काठमाडौं, असार २८ आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नाउँबाट कारोबार सुरु भएको छ । चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संंस्थाले यही असार २३ गतेदेखि मर्जरमार्फत आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्थाको नाउँमा एकीकृत कारोबार सुरु गरेका हुन् । संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ । एकीकृत कारोबारपश्चात् संस्थामा छ सदस्यीय सञ्चालक समिति गठन भएको छ । संस्थाको अध्यक्षमा जगतबहादुर पोखरेल रहेका छन् भने सञ्चालकहरूमा दिपक तिवारी, पुष्पराज ढकाल, सन्तोष पोखरेल, दिपककुमार बुढाथोकी, केशवराज पन्थी र इन्दिरा पन्थी रहेका छन् ।